पोखरा लेखनाथमा मतगणना गर्ने सहमति, दिउँसो १ बजेबाट मतगणना सुरु हुने
22-May-2017


उमा आलेमगर
पोखरा, ०८ जेठ

विवाद समाधान भएपछि पोखरा लेखनाथ महानगरपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरु बीच भएको छलफलले विवादित १७ नम्बर वडा बाहेकका वडामा मतगणना थाल्ने सहमति गरेको हो । निर्वाचन कार्यालयले फर्जी भनिएको मतपत्रमा केही चाक्लो देखिने स्वस्तिक छापको मुचुल्का देखाउने सहमतिमा दिउँसो १ बजेदेखी मतगणना शुरु गर्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी र नयाँशक्ती सहमत भएका हुन् । 


सहमतिसँगै मतगणना शुरु हुने भएपनि पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा देखिएको विवाद भने समाधान भइसकेको छैन । सहमति अनुसार निर्वाचन कार्यालयले अब दलहरुलाई चाक्लो स्वस्तिक छापको सक्कलको मुचुल्का देखाउनुपर्नेछ । त्यतिञ्जेलसम्म वडा नम्बर १७ को मतगाण्ना नगरुी अन्य वडाहरुको मात्रै मतगणना गर्ने सहमति भएको छ । त्यस्तै, अन्य वडामा पनि त्यस्ता विवादित मतपत्र र स्वस्तिक छाप भए मुचुल्का देखाउनुपर्ने सहमति भएको छ ।
 
यसअघी चाक्लो स्वस्तिक छापले सूर्यमा प्यानल भोट हालेको र उक्त मत पत्रमा मतदान अधिकृतको २ वटा हस्ताक्षर भएको भेटिएपछि अन्य दलहरुले त्यसको विरोध गर्दै मतगाणना अबरुद्ध गरेका थिए । उनीहरुले विवादित स्वस्तिक छापको मुचुल्का देखाउनुपर्ने भन्दै मतगणना नै बहिस्कार गरेपछि मतगणना अबरुद्ध भएको थियो ।
 
विवाद समाधान भएसँगै अब मतगणना सहज रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ । मतदान भएको ९ दिन भईसकेपनि मतगणनामा भएको ढिलाईले पोखरा लेखनाथ महानगरबासी जिज्ञासु हुँदै शिघ्र नतिजाको आशामा छन् ।