पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ को मतगणना जारी
22-May-2017


उमा आलेमगर
पोखरा, ०८ जेठ

देशकै सवैभन्दा ठूलो महानगरपालिका पोखरा लेखनाथमा महानगरपालिकाको वडा नं. १६ को मतगणाना जारी रहेको छ । ६ हजार ६ सय ४३ मत खसेको वडा नं. १६ मा २ हजार ५ सय ९३ मतगणना गरिरहदाँ एमालेले अग्रता लिएको छ । 

वडा नं. १६ को मेयरमा नेकपा एमालेका मानबहादुर जिसीले १ हजार ७६, उपप्रमुख मञ्जु गुरुङले ९ सय ४७ र वडाध्यक्षले ८ सय ८९ मत पाएका छन् ।

एमालेलाई पछ्याइरहेको नेपाली काँग्रेसका मेयरमा रामजी कुवँरले ९ सय ६९, उपप्रमुख सरस्वती गुरुङले ९ सय ४७ र वडाध्यक्षले १ हजार २ सय ४२ मत पाएका छन् ।

Write a Comment

Events
Random Picks