पोखरा लेखनाथ वडा नं. १६ मा एमालेको प्यानल नै विजयी
22-May-2017

उमा आलेमगर
पोखरा, ०९ जेठ

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ मा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका उमेद्वार जीवनप्रसाद आचार्य सहित एमालेको प्यानल नै विजयी भएको हो । 

एमालेका जीवनप्रसाद आचार्यले ३ हजार ३ सय ७० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उम्मेद्वार पदम सिं गुरुङले २ हजार ८ सय ६८ मत प्राप्त गरेका हुन् ।

सदस्यमा एमाले कै मेहरमान थापा क्षेत्री, राजेश गुरुङ, महिला सदस्यमा गुमादेवी अधिकारी र दलित महिला सदस्यमा विष्णुदेवी नेपाली विजयी भए ।

Write a Comment

Events
Random Picks