मतगणनाका क्रममा विवादित पोखरा लेखनाथ १७ मा पनि एमालेकै प्यानल बिजयी
23-May-2017

उमा आलेमगर
पोखरा, ०९ जेठ


मतगणनाका क्रममा विवादित पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा एमालेको प्यानल बिजयी भएको छ । स्वस्तिक छाप केही ठूलो र मतदान अधिकृतको २ वटा हस्ताक्षर मतपत्रमा भएको विषयमा मतगणनाका क्रममा विवाद परेको वडा नम्बर १७ मा एमालेका तीर्थराज अधिकारीसहितको एमाले प्यानल बिजयी भएको हो । बिजयी अधिकारीले ३ हजार ४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पुण्डरिक प्रसाद बरालले १ हजार ७ सय ८३ मत प्राप्त गरे ।

महिला सदस्यमा राधिकाकुमारी शाह, दलित महिला सदस्यमा तारा परियार तथा खुल्ला सदस्यमा बैकुण्ठ भण्डारी र शान्तादेबी गुरुङ बिजयी भए ।

 

Events
Random Picks