समृद्ध पोखरा आफ्नो प्राथमीकतामा महानगर प्रमुख ः जि.सी
3-June-2017


उमा आलेमगर
पोखरा, २० जेठ 

पोखरा लेखनाथ महानगर पालिकाका नव निर्वाचित प्रमुख मानवहादुर जि.सीले समृद्ध पोखरा आफ्नो प्राथमीकतामा परेकाले यो अभियानमा सहयोग गर्न आम पोखरेली र पोखराका संघसस्थालाइ आग्रह गरेका छन ।

पोखरा लेखनाथ महानगरपालिको वडा नं. १९ लामाचौरस्थित नव आदर्श सामुदायीक विकास समाजले शनिवार आयोजना गरेको जनप्रतिनिधी सम्मान कार्यक्रममा वोल्दै महानगर प्रमुख जि.सीले पोखारा लेखनाथ प्रमहानगरपालिकाका ४ लाख १४ हजार जनताको साझा महानगर प्रमुख भएको आफ्नोे काम सवै पोखरेलीको समान हितमा केन्द्रीत रहने वताए ।

सम्मान कार्यक्रममा वौल्दै पोखरा लेखनाथ महानगर पालिका वडा नं १६ का नव निर्वाचित वडा अध्यक्ष जीवन आचार्यले समाज परिवर्तनमा राजनैतिक पार्टीको मात्र होइन समाजिक संघसंस्थाको पनि ठुलो योगदान भएको वतार्उदै विकास संगै वढ्ने विकृति रोक्न सवैको खवरदारी आवस्यक रहेको धारणा राखे ।

वडा नं. १९ का वडाअध्यक्ष शोभा मोहन पौडेलले समाजलाइ परिवर्तन गर्दा समाज सञ्चालनका का विधि हरुको पहिचान  र संरक्षणलाइ प्रमुखतामा राख्नु पर्ने वताए ।उनले सेवाग्राहिको कामलाइ प्राथमिकतामा राखेर प्रकृया पुरा भएका भए आधा घण्टमा सम्पन्न गर्ने निती लिएको वताए ।

नव आदर्श सामुदायीक विकास समाज पुर्व अध्यक्ष धर्ममान शिंह भण्डारीले करिव १५ वर्ष नव आदर्श सामुदायीक विकास समाजले जन प्रतिनिध विहीन अवस्थामा वैकल्पीक काम गरेकाले स्थानिय निकाएको पुर्णतामा यस संस्था प्रति उदारता पुर्वक सहयोग गर्न निर्वाचित प्रतिनिधिहरु संग आग्रह गरे ।

संस्थाका अध्यक्ष बम वहादुर गुरुंगको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगर पलिकाका प्रमुखका साथै वडा नं १६ र १९ का वडाध्यक्ष वडा सदस्य हरुलाइ सम्मान गरीएको थियो ।कार्यक्रममा संस्थका सहकोषाध्यक्ष राजु सुनारले वार्षिक कार्यक्रम प्रस्तुत गरेका थिए । दिनेश भण्डारी र रेशमा शेरचन अधिकारीले संयुक्त रुपमा संञ्चालन गरेको कार्यक्रममा डम्वर वहादुर के.शिले स्वागत गरेका थिए ।

Write a Comment

Events
Random Picks