सहज सत्तारोहरणका लागि देउवा एक्लै र दुत मार्फत छलफल गर्दै
4-June-2017


जकसन डटकम
पोखरा, २२ जेठ

प्रधानमन्त्रीका दुई तिहाई जुटाउन कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थालेका छन् । चौथो पटक सत्तारोहण तयारीमा रहेका देउवा संसद्मा कायम सदस्य संख्याको दुईतिहाइ बहुमत नजिक पुगेका छन् । आज दिनभरी उनले दलहरुसँग छलफल गर्नेछन् । एमाले अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्न दुत पठाउँदैछन् । 

गृहमन्त्री विमलेन्द्र नीधि र नेता ज्ञानेन्द्र कार्कीर्ला बालकोट पठाएर संसदको अवरोध हटाउने र भावी सहकार्यका विषयमा छलफल गराउने तयारी छ । दुईतिहाइ बहुमतसहित प्रधानमन्त्रीमा निर्वा्चित भएर संविधान संशोधन प्रस्ताव पारित गराउने रणनीतिमा देउवा जुटेका छन् । प्रधानमन्त्री निर्वाचति हुन २ सय ९७ सांसदको समर्थन आवश्यक भए पनि देउवाले उम्मेदवारी दिँदा नै ३ सय ११ सांसदको समर्थन जुटाएको बताइएको छ ।

देउवालाई राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरमले पनि समर्थन गर्ने निर्णय गरेका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल परिवार दललगायतले देउवाको पक्षमा मतदान गर्ने आश्वासन दिएका छन् । उनीहरुले समेत देउवाको पक्षमा मतदान गर्ने आश्वासनसँगै ३ सय ९० बढी सांसदको समर्थन जुटिसकेको दाबी कांग्रेसको छ । माओवादी र कांग्रेसको सत्तागठबन्धन त छँदैछ ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले दुईतिहाइ बहुमतको सुनिश्चित गर्न विभिन्न दलसँग छलफल भइरहेको जानकारी दिए । १ सय ८१ सांसद् रहेको एमाले, ४ सांसद् रहेको नेपाल मजदुर किसान पार्टी र ३ सांसद् रहेको राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्ने निश्चित जस्तै छ ।

Write a Comment

Events
Random Picks