नेकपाद्धारा आज नेपाल बन्दको आव्हान
10-July-2017


उमा आलेमगर
पोखरा, २७ असार

नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आव्हान गरेको छ । स्थानीय तह निर्वाचनको समयमा सरकारले मुलुकका बिभिन्न स्थानबाट आफ्ना कार्यकर्तालाई विनाकारण पक्राउ गरि झुठा मुद्दा लगाएको भन्दै उनीहरुलाई विना सर्त स–सम्मान रिहाईको माग गर्दै बन्दको घोषणा गरेको हो । 

बन्दको प्रभाव देशैभर परेको छ । बन्दले संघसंस्था, विद्यालय, कलकारखाना ठप्प छन् भने बजार सुनसान बनेको छ । सडकमा यातायात नचल्दा बालबालिका सडकमा खेलेको देख्न सकिन्छ । गाडीहरु नचल्दा सर्वसाधारण हिडेरै आफ्नो गन्तव्यमा पुग्न बाध्य छन् । यातायात नचल्दा यात्रुले सास्ती बेहोर्नु परेको छ । 

यसैबिच पोखरामा बन्दको आशिंक प्रभाव परेको छ । केही पसल, बजार खुलेका छन् भने फाट्टफुट गाडीहरु चलेका छन् । यद्यपी संघसंस्था, विद्यालय, कलकारखाना भने ठप्प रहेका छन् ।

Write a Comment