सरकारी अधिकारीज्यू, निजी स्कूलको रिजल्ट हेरेर मख्ख पर्ने ?
21-June-2015

काठमाडौ, असार ५ –  सरकारले शिक्षा क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयहरुमा वार्षिक अर्बाै रकम लगानी गरेपनि उक्त लगानी बालुवामा पानी हालेजस्तै भएको छ । शुक्रबार प्रकाशित भएको एसएलसी नतिजामा नियमित तर्फ कुल ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी पास भएका छन् । तर त्यसमध्ये पनि सामुदायीक तर्फ ३३ प्रतिशत मात्र विद्यार्थी पास भएका छन् । यसले विद्यालय शिक्षा सुधारका लागि भनेर सरकारले गरेको वार्षिक अर्बाैँको लगानी प्रभावकारी हुन नसेकेको देखाएको छ ।

किन कमजोर भयो विद्यालय शिक्षा ?

सामुदायीक विलयलयको शैक्षिक गुणस्तर प्रभावकारी हुन नसकेको विषयमा सरकारी अधिकारीहरु यसको दोष अविभावक र शिक्षकहरुलाई दिन्छन् । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमाल सामुदायीक विद्यालय र निजी विद्यालयमा विद्यार्थी भर्ना हुने प्रकिया नै फरक भएको र निजी क्षेत्रका विद्यार्थीहरुको लागि पढनका लागि राम्रो वातावरण हुने भएकाले एसएलसीमा निजी क्षेत्रको रिजल्ट राम्रो हुने गरेको बताउँछन् । सामुदायी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका अविभावकहरुले आफ्नो छोराछोरीको अध्ययनमा खासै चाँसो नदिने र विद्यार्थीहरु आफै पनि घरको काममा बढी व्यस्त हुने भएकाले दोहोरो भारका कारण विद्यार्थीले परीक्षामा राम्रो गर्न नसकेको उनको भनाई छ । उनी भन्छन्, ‘निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु हेर्नुस्, उनीहरुको पढाइका विषयमा अविभावक कति चिन्तित छन्, उनीहरुसँग पढ्नका लागि प्रयाप्त समय र वातावरण पनि छ तर सामुदायीक विद्यालयमा यस्तो वातावरण हुँदैन जसले गर्दा नतिजा पनि कमजोर हुन्छ ।’ रिमालले सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अविभावकको भूमिका पनि प्रभावकारी नदेखिएकाले यसको असर एसएससीको परीक्षामा पनि देखिएको बताउँछन् । सामुदायीक विद्यालयमा शिक्षकहरु अध्ययन भन्दा राजनीतिमा बढी सक्रिय हुनुले पनि सरकारी विद्यालयको अवस्था सुधार हुन नसेको रिमालको भनाई छ । सरकारी लगानीलाई संरक्षण र सदुपयोग नगर्ने प्रवृत्तिका कारण यस्तो समस्या आएको उनले बताए । सामुदायीक र निजी वनको उदाहरण दिँदै रिमालले भने, ‘निजी वनमा बढी मेहनत हुन्छ । जसले गर्दा निजी वनको अवस्था सामुदायीकको भन्दा राम्रो हुन्छ, विद्यालयको हकमा पनि यो कुरा लागु हुन्छ ।’

bidhya nath koiralaविद्यालय शिक्षाको अवस्था कमजोर हुँदै जानुमा शिक्षाविद डा. विद्यानाथ कोइराला भने प्रमुख रुपमा शिक्षक र सरकारी प्रवृत्तिलाई दोषि देख्छन् । कोइराला भन्छन्, ‘शिक्षकले नपढाए पछि विद्यार्थी कसरी पास हुन्छन् ?’ डा. कोइरालाका अनुसार सामुदायीक विद्यालयमा शैक्षिक स्तिर कमजोर हुनुको कारण शिक्षक र विद्यार्थीबीचको वर्गिय भिन्नता पनि मुख्य कारण भएको बताउँछन् । कोइरालाका अनुसार अधिकांश शिक्षकहरु मध्यमवर्गिय हुन्छन् तर सामुदायीक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरु निम्न वर्गका हुन्छन । जसले गर्दा शिक्षकहरुमा विद्यार्थीहरुलाई पढाउनुपर्ने भन्ने भावना नै नहुने गरेको उनको भनाई छ ।

शिक्षकहरुमा उच्च वर्गमा जाने लालसाका कारण निम्न वर्गका विद्यार्थीहरुलाई शिक्षकहरुले ध्यान नै नदिएको उनको आरोप छ । त्यस्तै कोइरालाले जिम्मेवार अधिकारीहरुले पनि शिक्षा नीतिलाई दोष देखाउँदै सुधार गर्न सकिने विषयलाई समेत सुधार गर्ने प्रयास गनरेकाले शिक्षाको स्तर उन्नतिमा समस्या भएको बताए । अहिलेका विद्यार्थीहरु टेक्नोलोजिसँग बढी नजिकिने भएकाले उनीहरुमा किताब अध्यनको अभ्यास कम हुनु पनि एसएससीको नजिता कमजोर हुनुको एउटा कारण भएको उनले बताए । सामुदायीक विद्यालयमा अध्ययन गराउने अधिकांश शिक्षक राजनीतिक गतिविधिमा संलग्न हुने प्रवृत्तिले पनि विद्यालय स्तरीय शिक्षाको सुधारमा समस्या भएको उनको भनाई छ ।

 

 

 

 

ramesh mallयता, विद्यार्थी नेता रमेश मल्ल भने एसएलसीको नजिता राम्रो नहुनुमा सरकारी निकायको गैरजिम्मेवार पन भएको बताउँछन् । एमाओवादी संवद्ध अखिल क्रान्तिकारीका संयोजक समेत रहेका मल्लले सरकारी अधिकारीहरु निजी क्षेत्रको नतिजा हेरेर मख्ख पर्ने गरेकाले यस्तो समस्या आएको बताए ।

उनले भने ‘सरकारले सामुदायीक विद्यालएमा शैक्षिक अवस्था सुधार गर्ने वार्षिक अर्बाैँ रकम खर्चिएको छ तर सरकारी अधिकारीहरु भने निजी क्षेत्रको रिजल्ट हेरेर दंग परेका छन्, यस भन्दा गैर जिम्मेवारी के हुन सक्छ ?’ मल्लले राज्यको उपस्थितका रुपमा ग्रामिण क्षेत्रमा सामुदायीक विद्यालयहरु मात्र रहेपनि तिनको अवस्था समेत दयनिय रहेको भन्दै हरेक क्षेत्रमा सरकारी भूमिका प्रभावकारी नभएको टिप्पणी गरे । मल्लले विद्यालय शिक्षा कमजोर हुनुको प्रमुख कारण शिक्षकहरु पनि भएकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरुबाट कारबाही सुरु गर्नुपर्ने बताए ।

उनले सामुदायीक विद्यालय असफल हुनु भनेको शिक्षा क्षेत्र, सरकारी अधिकारी र शिक्षाविदहरु समेत असफल भएको भन्दै यसका लागि सबैले जिम्मेवार भएर काम गर्नुपर्ने बताए । शिक्षकहरुमा जिम्मेवारी कम र जागिर खाने प्रवृत्ति बढी भएकाले यस्तो अवस्था सिर्जना भएको उनको आरोप छ ।

कसरी सुधार गर्ने ?

विभागका महानिर्देशक डा. रिमालका अनुसार सामुदायीक विद्यालयको स्तर सुधारका लागि अविभावको भूमिका महत्वपूर्ण हुन्छ, उनीहरुले आफ्ना बालबालिकाको पढाइमा चाँसो देखाएमा र शिक्षकहरुले जिम्मेवारी पुर्णढंगबाट पठन पाठन गरेमा स्तर सुधार हुनसक्ने उनको भनाई छ । सरकारी लगानीलाई संरक्षण र सदुपयोग गर्ने वानीको विकास भएमा सकारात्मक नतिजा आउने उनको भनाई छ ।

slc result (1)
त्यस्तै शिक्षा विद डा. कोइरालाले सामुदायी विद्यालयमा शैक्षिक अवस्था सुधार गर्न राजनीतिक दलले नै आफुसम्बन्द्ध शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा दबाब दिनुपर्ने तथा विद्यार्थीको चाहना र उनीहरुको स्वभाव अनुसारको अडियो, भिडियो कक्षाहरुको समेत व्यवस्थागर्न सकेमा स्तर सुधारमा प्रगति हुने बताउँछन् । उनले शिक्षकहरुलाई पनि जागीर सुनिश्चित गर्ने भन्दा पनि विद्यार्थीहरुप्रति पनि जिम्मेवार हुने किसिमको वातावरण सिर्जना गरेमा यसले केही सुधार हुने उनको भनाई छ । साथै विद्यार्थीहरुमा पनि शिक्षा प्रति आशा जगाउनुपर्ने कोइराला बताउँछन् । साथै कोइरालाले विद्यालयमा उत्कृष्ट अध्यापन गर्ने शिक्षक कर्मचारीहरुलाई सम्मान गर्ने र उनीहरुको कामको उचित मूल्यांकन गर्ने शैलिको विकास गरेमा पनि शिक्षकहरु विद्यार्थीहरु प्रति जिम्मेवार हुने र अवस्था सुधार हुने बताउँछन् ।

त्यस्तै विद्यार्थी नेता मल्लले शिक्षकहरुमा सबै किसिमको लगानी गर्ने तर उनीहरुलाई जागिर सुनिश्चित होइन विद्यार्थीहरुप्रति जिम्मेवारी बनाउनु पर्ने र सरकारी अधिकारीले पनि कहाँ कमजोरी भएको छ त्यसलाई सुधार गर्दै अघि बढनु पर्ने बताउँछन् । उनले शिक्षकले राजनीति गर्न नहुने र विद्यार्थी तथा अविभावकहरुमा समेत सचेतना जगाउनु पर्ने बताए । उनले सबैभन्दा बढी शिक्षकहरुलाई विद्यार्थीहरुप्रति जिम्मेवार बनाउनु पर्ने र त्यसका लागि दबाबमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

 

आत्महत्याको कारण बन्दैछ शिक्षा

slc result (3)
एउटा विद्यार्थिले आफुलाई भविष्यमा जिम्मेवार तहमा पुर्याउने लक्ष्यका साथ शिक्षा हासिल गरिरहेको हुन्छ । उच्च शिक्षा हासिल गरेर ठूलो मान्छे बन्ने अभिलासाका साथ विद्यार्थीले स्कुल वा कलेज पढन सुरु गर्छ । शिक्षा हासिल गर्नु भनेको जिम्मेवार र कुशल बन्नु हो भन्ने आम बुझाई हुन्छ । तर पछिल्लो समय विद्यार्थीहरु एसएलसी तथा उच्च शिक्षा अध्ययनका क्रममा हुने असफतलाका कारण जिवनबाटै हात धुने योजना बनाउँछन् । यस्तो हुनुका पछाडी सामाजिक रुपमा हुने व्यवहार प्रमुख जिम्मेवारी हुने गरेको विज्ञहरु बताउँछन् ।

असफलता हुनु सामान्य विषय हो भनेर बुझाउन नसक्दा विद्यार्थीले यस्ता निर्णय लिने गरेको शिक्षाविद डा. कोइराला बताउँछन् । विद्यार्थीहरुलाई शिक्षाको महत्व बुझाउन नसक्नु, सामान्य रुपमा हुने असफलताले जीवनलाई नै असफल बनाउँदैन भन्ने किमिसमको सन्देश दिन नसक्नु र सरकारी अधिकारी र शिक्षकको कमजोरीले विद्यार्र्थीले अनाहकमा ज्यान फाल्ने काम गरिरहेको उनको भनाई छ ।

विभागका महानिर्देशक डा. रिमालले विद्यार्थीले फेल भएकै कारण आत्मग्लानी भएर गर्ने अप्रिय निर्णयलाई सुधार गर्नकै लागि सरकारले फेल नहुने प्रणालीको विकास गरिरहेको र यो वर्ष प्राविधिक क्षेत्रमा लागु हुने यो प्रणाली आगामी वर्ष देखि नियमति तर्फपनि लागु गरिने बताए । उनले फेल हुनु भनेको सामान्य प्रक्रिया भएकाले यसलाई साधारण रुपमा लिन र कुनै अप्रिय निर्णय नलिन पनि विद्यार्थीहरुलाई आग्रह गरे ।

source http://www.ratopati.com/2015/06/20/241861.html

Write a Comment

Events
Random Picks