मतदाता नामावली संकलन अवधि तीन दिन थप
15-August-2017


जकसन डटकम
काठमाडौं, ३२ साउन 

निर्वाचन आयोगले सबै क्षेत्रीयरजिल्ला निर्वाचन कार्यालय र ६६९ स्थानीय तहमा मतदाता नामावली दर्तारसंकलन कार्यक्रम सञ्चालन गर्न तीन दिनको म्याद थप गरिएको छ । साउन ३२ गते बुधबारसम्म मात्र मतदाता नामावलीमा नाम दर्तारसंकलन गर्ने निर्णय भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेको संख्या कतिपय जिल्लामा अझैपनि धेरै बाँकी रहेको र नाम दर्ता गराउने मतदाताहरुको नाम दर्ता गर्ने चाहना समेत उच्च देखिएकाले भदौ १ देखि ३ गतेसम्म सबै क्षेत्रीयरजिल्ला निर्वाचन कार्यालय एवं ६६९ स्थानीय तहहरुमा मतदाता नामावली दर्तारसंकलन कार्यक्रम सञ्चालन हुने गरी तीन दिन समय बढाउने निर्णय गरेको आयोगले जनाएको छ ।
भदौ १ गतेभित्रै प्रतिनिधिसभा निर्वाचन तोक्न आयोगको आग्रह 
प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीले आउँदो मंसिर पहिलो हप्तामा प्रतिनिधिसभा चुनावको मिति तोक्न आग्रह गर्नुभएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव तथा आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी आगामी मंसिर पहिलो हप्तामा चुनाव गर्ने गरी भदौ १ गतेभित्रै प्रतिनिधिसभा चुनावको मिति तोक्न आग्रह गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

चुनावको लागि आवश्यक पर्ने कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन छिट्टै आयोगलाई प्राप्त हुनुपर्नेमा पनि उनीहरुले प्रधानमन्त्री देउवालाई फेरि स्मरण गराउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले बुधबार मुख्य तीन दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति गर्ने र सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिनुभयो । 
निर्वाचन अधिकृतको नियुक्ति
यसैगरी आयोगले आगामी असोज २ गते सम्पन्न हुने प्रदेश नं. २ का स्थानीय तहको चुनाव सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतरनिर्वाचन अधिकृतको नियुक्ति गर्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले प्रदेश नं. २ का आठ जिल्लाका जिल्ला न्यायाधीशलाई न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृतको रुपमा र राज पत्र द्वितीय श्रेणीका न्याय सेवाका अधिकृतलाई न्याय सेवा आयोगको सिफारिसमा नियुक्ति गरिएको छ । बैठकले प्रशासन र शिक्षा सेवाका रा.प.द्वितीय श्रेणीका अधिकृतसमेत गरी जम्मा १३६ जनालाई आगामी भदौ १ गतेदेखि लागु हुनेगरी मुख्यरनिर्वाचन अधिकृतको रुपमा नियुक्ति गरिएको छ । 

Events
Random Picks