साढे तीन बजेसम्म सरकार गम्भीर नभए डा. केसीको अनसन बस्ने
5-September-2017


जकसन डटकम
काठमाण्डौँ, २१ भदौँ

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज) देखि डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन्।

आज दिउँसो साढे तीन बजेसम्म पनि सरकार मागप्रति संवेदनशील नभए डा. केसी फेरि अनशन बस्ने डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेकराज सिंहले सेतोपाटीलाई जानकारी दिए। डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन्।

केसीका मागहरू
डा. केसीले अहिले साढे तीन बजेसम्म सरकारले काठमाडौं मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस्। त्रिविले दुरूपयोग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्कसम्बन्धी सबै अधिकार आइओएममा तत्काल फर्काइयोस्।

हामीले दिएको सुझाव र माथेमा प्रतिवेदनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस्।

त्रिविका उपकुलपति, रेक्टर र रजिष्टारलगायत कार्यकारी परिषदका सदस्यहरूलाई बर्खार्त गरी तत्काल छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइयोस्। चिकित्सा शिक्षा सम्बन्धी न्यायीक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस्।

Write a Comment

Events