राप्रपा अध्यक्ष कमल थापा पोखरा आउने, पश्चिमाञ्चल तहका अध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्ने
12-September-2017


जसकस डटकम
पोखरा, २८ भदौँ


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा आज पोखरा आउने भएका छन् । पोखरामा आजबाट शुरु हुने पश्चिमाञ्चल तहका अध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्न उहाँ पोखरा आउन हुन् । 

राष्ट्रियतालाई बचाई राख्न र हिन्दु राष्ट्र तथा राजसंस्था बारे आफ्नो एजेण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पश्चिमाञ्चल भेलालाई सम्वोधन गर्ने कार्य रहेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोलाले जानकारी दिनुभयो । 

पोखराको साइमन पार्टी प्यालेसमा सम्पन्न हुने भेलामा पश्चिमाञ्चल अन्तर्गत १६ जिल्लाका अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगरअध्यक्षहरुको सहभागिता रहने छ । 

राप्रपा कास्कीले आयोजना गर्न लागेको भेलाको बारेमा मंगलबार विशेष बैठक सम्पन्न भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी समेत पूरा भएको बैठकमा कास्की अध्यक्ष जयलाल पुनले बताउनुभयो । 

देशभक्ति तथा राष्ट्रवादी शक्तिहरुलाई संरचना बचाउनलाई हामी सबै एकजुट हुनुपर्ने आग्रह गर्दै भोलि हुने कार्यक्रममा सम्पूर्ण राष्ट्रवादी नेताहरुलाई सहभागी हुन आग्रह समेत गर्नुभएको छ । 

Write a Comment