मतपत्रसम्बन्धी मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने
17-October-2017


जकसन डटकम
काठमाडौं, ०१ कात्तिक

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि अलगअलग दुईवटा मतपत्र बनाउनुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले बुधबार निर्णय सुनाउँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले बधुबार निर्णय सुनाउने भएको हो । 

राष्ट्रिय जनता पार्टी (राजपा) उपाध्यक्ष एवं संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाई असोज २२ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको मतपत्र अलगअलग दुईवटा बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

यो निवेदनमाथि असोज २४ गते सुनुवाई भएर कारण देखाउ आदेश जारी गरी मंगलबार लागि छलफलमा बोलाइएको थियो । निर्वाचन आयोगले भने एउटै मतपत्रमा संघकोे माथि र प्रदेशको तल पर्नेगरी मतपत्रको नमूना तयार गरेको छ भने समानुपातिकतर्फको मतपत्र छापिसकेको छ ।

Events
Random Picks