प्रधानमन्त्री देउवा पोखरा अाइपुगे
28-October-2017

पाेखरा, ११ कार्तिक:

पोखरा प्रदर्शनी केन्द्रमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्न प्रम शेरबहादुर देउवा पोखरा आइपुगेका छन् ।

देउवाको उपस्थितिमा शनिबार विहान हुने कार्यक्रममा अखण्ड नेपालका नेता तथा कार्यकर्तालाई स्वागत तथा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको कास्की कांग्रेसले जनाएको छ ।

कार्यक्रममा सहभागिताका लागि कास्की कांग्रेसले नेता तथा कार्यकर्ता, शुभेच्छुक र सम्पूर्ण लोकतन्त्रप्रेमीलाई आव्हान गरेको छ । कार्यक्रम सके लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राजधानी फर्कने कार्यक्रम रहेको छ।

 

Write a Comment

Events
Random Picks