सुझाव संकलन सभासदलाइ हेलिकप्टर
9-July-2015

काठमाडौं,असार २४ / संविधानसभाको पहिलो प्रारम्भिक मस्यौदामा सर्वसाधारणको सुझाव संकलनमा जाने सभासदहरुलाई सरकारले हेलिकप्टर उपलब्ध गराउने भएको छ ।

जिल्ला सदरमुकामसहित २ सय ४० निर्वाचन क्षेत्रका मुख्य केन्द्रमा साउन ४ र ५ गते संविधानमाथि अन्तरक्रिया गरिँदैछ ।त्यसमा सहभागी हुने सभासदका लागि सरकारले भरपर्दो सुरक्षा र यात्रा प्रबन्ध गरेको हो । सडकमार्गबाट जान अप्ठेरो पर्ने र धेरै टाढाका ठाउँमा हेलिकप्टर दिन लागिएको हो ।

अन्तरक्रियामा सुरक्षालगायत पूर्वतयारीबारे जानकारी लिन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिहीबार प्रधानमन्त्री सुशील कोइरालासहित सरकारका वरिष्ठ मन्त्री र सबै सुरक्षा प्रमुखको बैठक राखेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Events
Random Picks