मतदाताको घरदैलोमा देवी सुवेदी
15-November-2017

जक्सन डट कम 
पोखरा, २९ कार्तिक


नयाँ शक्ति पार्टी नेपाल कास्की क्षेत्र नंं. ३ को १ तर्फका प्रदेशसभा सदस्य उम्मेदवार देवी सुवेदीले आफ्नो चुनाव प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन् ।

बैकल्पिक राजनीतिको शुरुवात भन्दै प्रदेशसभाका समानुपातिक उम्मेदवार पार्वती जि.सी., लक्ष्मी खाती परियार र शिव बहादुर अधिकारीसहित सुवेदीले मतदाताको घरदैलोमा पुग्ने, मतदाताका समस्याहरु बुझ्ने र आवश्यक परामर्श गर्दै अभियानलाई तिब्रता दिएका हुन् ।


अभियान अन्तरतग सुवेदी पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. १, २ र ३ का मतदाताहरुको घरदैलोमा पुगेका छन् । पुराना राजनीतिक दलहरुले आम जनताका समस्या र चासोको संबोधन गर्न नसकेको तथा उनीहरुबाट समृद्धि सम्भव नभएको जनताले बुझिसकेको हुँदा आफ्ना घरदैलो अभियान सफल र सार्थक रहेको उम्मेदवार सुवेदीले बताए । उनले भने ‘बैकल्पिक राजनीतिक शक्तिका प्रति मतदाताहरुको अत्याधिक चासो र चिन्ता देखिएको छ । उनीहरुको चिन्ता र चासोलाई मतमा परिणत गर्न घरदैलो अभियान सार्थक बनिरहेको छ ।’ 


नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य एवम् खेलकुद विभाग प्रमुख सुवेदी पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन् । साथै उनी साविकको कास्किकोटका निर्वाचित प्रधानपञ्चसमेत हुन् ।

 

Write a Comment

Events
Random Picks