स्वतन्त्रता चाहनेले काँग्रेसलाई भोट गर्नुपर्छ ः यज्ञबहादुर थापा
18-November-2017


जकसन डटकम
पोखरा, ०२ मंसिर 

नेपाली काँग्रेस क्षेत्र नम्बर १ मा प्रतिनीधिसभातर्फ प्रत्यक्ष उम्मेदवारी दिएका यज्ञबहादुर थापाले शनिबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ मा घरदैलोमा सहभागी भएका छन् । घरदैलोमा पुग्दा उनलाई त्यहाँका स्थानियले फूलमालाले स्वागत गरेका थिए । प्रदेशसभा उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङको साथमा त्यहाँ पुगेका थापाले काँग्रेसको पक्षमा भोट हाल्न मतदाताहरु आग्रह गरे । ‘अहिले वामगठबन्धनमार्फत देशमा अधिनायकबाद लाद्न खोज्नेहरुलाई भोट नगरि लोकतन्त्र र सम्बृद्धि रोजेको काँग्रेसलाई भोट गर्नुहोला ।’ थापाले भने–‘अनि मात्र देशले निकाश पाउनेछ ।’ वाम गठबन्धनको नजिर गलत रहेको भन्दै उनले स्वतन्त्रताको पक्षमा रहेको काँग्रेसलाई जिताउनका लागि काँग्रेससँगै गैरकाँग्रेसलाई पनि आग्रह गरे । 

त्यस्तै क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार कृष्ण केसीले स्थानियस्तरमा रहेका सम्पूर्ण समस्याहरुलाई राजनीतिक हिसाबले सुल्झ्याउनका लागि आफुले उम्मेदवारी दिएको बताए । उनले आफु सँधै सत्यको पक्षमा भएको र सत्यका लागि लड्दै आएको बताउँदै उनले सत्यको पक्षमा भोट हाल्न जनताहरुसमक्ष आग्रह गरे । झुठा सपना बाँड्नेहरु यतिबेला सक्रिय भएको भन्दै उनले त्यस्ताहरुबाट सकेसम्म बच्न मतदाताहरुलाई सुझाए । 

त्यस्तै समानुपातिक उम्मेदवार रसकुमारी गुरुङले पनि काँग्रेसको पक्षमा भोट गरि ‘जनता र देश’को पक्षमा जीत निकाल्न मतदाताहरुसमक्ष अनुरोध गरिन् । उनले यो समय निकै गम्भिर भएकोले जनताहरु अडिग हुनुपर्ने आवश्यकता रहेको बताईन् । साथै उनले कसैको वहकाऊमा नलागि देश र जनताको पक्षमा सँधै वकालत गर्दै आईरहेको पार्टी काँग्रेसलाई जिताउन रुख चिन्हमा भोट हाल्न सबैलाई आग्रह समेत गरिन् । 

त्यस्तै उता प्रदेशसभा सदस्य क तर्फबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका जीवन परियार पनि शनिबार दिनभरि नै घरदैलोमा व्यस्त बने । उनले पनि काँग्रेसलाई जिताउनको लागि सम्पूर्ण मतदाताहरुसमक्ष आग्रह गरेका थिए ।

मतदाताहरुको अधिकारको लागि लड्नेछु ः गुरुप्रसाद बराल

कास्की क्षेत्र नम्बर २ क तर्फ काँग्रेसका उम्मेदवार रहेका गुरुप्रसाद बरालले आफू मतदाताहरुको अधिकारका लागि लडिरहेको बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ स्थित प्रगतिनगरमा घरदैलो कार्यक्रममा सरिक हुँदै बरालले अधिकार प्राप्तिको लँडाईमा जनताको साथ र भोट आफुलाई आवश्यक रहेको बताए । 

यूवा नेता बरालले आफु निर्वाचित भएर पुरै जनताको सेवामा लाग्ने कुरालाई यहाँ आएर दोहो¥याएका छन् । उनले आफ्नो राजनीतिक यात्रालाई जनताको सेवामै समर्पित गर्ने भन्दै त्यसका लागि जनतासंग सहयोगको अपेक्षा गरेको बताए । उनले जनता नै जनार्दन भएकोले आफुलाई सेवकको रुपमा काम गर्ने वातावरण बनाईदिन घरदैलो कार्यक्रमको क्रममा आग्रह गरे । 

साथै उनी शनिबार भरतपोखरी पनि पुगे । उनले त्यहाँ पुगेर पनि ग्रामिण भेगको विकासलाई अगाडि बढाउनका लागि आफ्नो गुरुयोजना तयार गरिसकेको बताए । उनले आफुलाई निर्वाचित गराउनका लागि आग्रह गर्दै विकासको गतिलाई आफुले सक्दो स्पिडमा अगाडि बढाउने वाचा समेत गरे । 

आधारभूत अधिकारबाट समेत बञ्चित कास्की क्षेत्र नम्बर २ को ग्रामिण भेगका वस्तीहरुमा महानगरस्तरिय विकासलाई तीव्रता दिन आफु तत्पर रहेको पनि उनले सुनाए । त्यस क्षेत्रको संभावनाहरुलाई केलाउँदै उनले ती सबै संभावनालाई मूर्तरुप दिन आफुलाई निर्वाचित गराउन त्यहाँका जनतासमक्ष अनुरोध गरेका थिए । 

साथै उनले वामपन्थीहरुले जितेको खण्डमा देशले निकाश नपाउने र जनता अधिनायकबादको शिकारमा पर्ने कुरालाई प्रस्ट्याए । जनता, लोकतन्त्र र स्वतन्त्रताको पक्षधरको पक्षमा भोट गर्न जनताले कुनै धक मान्न नपर्ने उनले बताए । 

मत हाल्ने बेलामा एकचोटी राम्रोसँग सोचेर हाल्नुहोला ः देवराज चालिसे

कास्की क्षेत्र नम्बर २ प्रतिनीधिसभा सदस्य देवराज चालिसेले केहि गर्ने आँटसहित आएकाहरुलाई भोट गर्न मतदाताहरुलाई सुझाएका छन् । उनले भोट हाल्ने बेलामा यस अगाडिका निर्वाचित सदस्यले वास्तवमै के गरे त ? भन्ने कुरालाई सम्झेर निर्णय लिन उनीहरुलाई आग्रह गरेका छन् । 

घरदैलोको क्रममा उनले आफु जनतालाई झुक्याउने पात्र नभएको स्पष्ट पारे । उनले चुनावको बेलामा जनतालाई झुक्याउने कुरा गरेर पछि आफ्नो दुनो सोझ्याउने खाले आफ्नो चरित्र नभएकोले एकपटक काँग्रेसको पक्षमा भोट हालि आफुलाई जिताउन आग्रह गरे । उनले यो समय उम्मेदवारले र पार्टीले जित्नेभन्दा पनि लोकतन्त्रले जित्ने बेला भएकोले लोकतन्त्रको पक्षमा रहेको काँग्रेसलाई भोट गर्नुपर्ने आवश्यकता औँल्याए । 

लोकतन्त्र बचाउन र सम्बृद्धि गराउन काँग्रेसलाई भोट ः थापा 

त्यस्तै कास्की क्षेत्र नम्बर २ ख मा उम्मेदवारी दिएका बिन्दुकुमार थापाले पनि लोकतन्त्र बचाउन र सम्बृद्धि ल्याउन यो पटक गैरकाँग्रेसीले पनि रुखमै भोट हाल्नुपर्ने स्थिती आएको बताएका छन् । घरदैलोको क्रममा उनले संविधानसँगै लोकतन्त्रमाथि वामगठबन्धनले धावा बोलिरहेकोले त्यो खतरा टार्न काँग्रेसलाई जिताउन आवश्यक रहेको बताए । 

कास्कीको उत्तरीभागमा यतिबेला काँग्रेसका पुराना र शक्तिशाली नेता शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् । उनी त्यस क्षेत्रका मतदाताहरुसमक्ष आफ्नो पक्षमा भोट मागिरहेका छन् । उनी मत माग्दै पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ हेमजा पुगे । 

हेमजामा यतिबेला धान काटेर स्याहार्ने चटारो छ । यद्यपी शुक्रराज पुग्दा हेमजाका बासिन्दाले उनको भव्य स्वागत गरे । आफ्नै घरदैलोमा आइपुगेका पुराना र चिरपरिचित नेतालाई उनीहरुले भोट दिएर जिताउने वचन दिए । 

हेमजामा चुनावी सभा गर्दै उनले समग्र क्षेत्रको विकासमा आफु प्रतिबद्ध रहेको बताए । उनले अहिलेको समयमा लोकतन्त्रलाई संस्थागत गरि विकासको गतिलाई तिव्रता दिने पार्टीलाई भोट दिन त्यहाँका मतदाताहरुसंग आग्रह समेत गरे । विकास र लोकतन्त्रको पहरेदारी दिईरहेको काँग्रेसको सम्बृद्धिको मिशनलाई सफल बनाउन जनताको साथ आवश्यक रहेको उनले बताए । साथै सोहि अवसरमा कास्की क्षेत्र नम्बर ३ क बाट प्रदेशसभामा उम्मेदवारी दिएकी शारदा पौडेलले पनि काँगे्रसको पक्षमा भोट हाल्न हेमजाबासीलाई आग्रह गरिन् । 

पाँच वर्ष जनताको हली हुन्छु ः शिकन्दर

कास्की क्षेत्र नम्बर ३ प्रदेश ख मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका शिकन्दरकुमार गुरुङले निर्वाचित भएपछि आफु जनताको काम बाहेक अरु काममा नलाग्ने वचन दिएका छन् । उनले भनेका छन्–‘निर्वाचित भएपछि म पाँच वर्षसम्म जनताको हली जसरी काम गर्छु र जनताको हलो जोत्छु ।’

आफू निर्वाचित भएर आएपछि गाऊँको मुहाल फेर्ने उनले प्रतिबद्धता जनाए । कास्कीकोटमा घरदैलोको क्रममा पुगेका उनले आफु सोझो भएको र बोलको कुरा पुरा गरेरै छाड्ने प्रवृत्तिको मान्छे भएकोले दुविधामा नपर्न मतदाताहरुसँग आग्रह गरे । गाऊँलाई माया गर्ने मान्छेलाई काँग्रेसले उम्मेदवारी दिएको भन्दै कास्कीकोटबासीले शिकन्दरलाई पुरापुर साथ दिने बताएका छन् । उनलाई जिताउनका लागि कास्कीकोटका मतदाताहरुले अभियान नै चलाएको जानकारी दिएका छन् । 

Write a Comment

Events
Random Picks