वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा आगजनी
19-November-2017


जकसन डटकम
संखुवासभा, ०४ मंसिर

संखुवासभाको चैनपुरमा वाम गठबन्धनले चुनावी प्रचारमा प्रयोग गरेको जिपमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ । आइतबार चुनावी प्रचारप्रसार सकेर बसपार्कमा पार्किङ गरिराखेको को १ ज २१२३ नम्बरको ल्याण्डरोभर जिपमा राति २ बजेतिर आगो लगाएको हो । आगोले गाडी जलेर नष्ट भएको संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

Write a Comment

Events
Random Picks