सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि
21-November-2017


जकसन डटकम
काठमाण्डौँ, ०५ मंसिर

सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार भएको पुष्टि भएको छ । मंगलबार दिउँसो अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको थियो ।

लगत्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले सर्वोच्च पुगेको थियो भने सुरक्षाकर्मीले खानतलासी गरेका थिए । तर,  खोजबिन गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएको महानगरीय प्रहरी कार्यालय आयुक्त जयबहादुर चन्दले अनलाइनखबरलाई बताए ।

फोन गरेर बम राखिएको जानकारी दिने व्यक्तिको प्रहरीले खोजी सुरु जनाइएको छ । यसअघि अदालतका सबै इजलासहरु खाली गरी न्यायाधीशहरुलाई बाहिर निकालिएको थियो भने मंगलबारका सबै इजलास र न्याय प्रशासनका काम नहुने जानकारी गराइएको थियो ।

Write a Comment

Events
Random Picks