जीवनलाई जिताउन वडा नं ३२ को प्रतिवद्धता
23-November-2017


जकसन डटकम
पोखरा, ०७ मंसिर

नेपाली काग्रेस कास्की क्षेत्र नं १ प्रदेश क तर्फवाट उम्मेदवार रहनु भएका जीवन परियारलाई जिताउन पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ का स्थानियले प्रतिवद्धता जाहेर गरेका छन् । उम्मेदवार थापाले नेपाली काग्रेसको जित सुनिश्चिीत भएको र जनताले भोट मार्फत त्यसको प्रमाणीकरण मात्र गर्न वाँकी रहेको उद्घोष गरेका छन् । 

घर दैलो अभियान जारी राखेका परियार साविकका लेखनाथवासी र रुपा गाउँपालिका क्षेत्रका जनताले आफूलाई चिनेको र निर्धक्कका साथ रुख चिन्हमा मतदान गर्ने विश्वास रहेका वताएका छन् । उनले आफूलाई सक्षम सँगै जनताको चाहना जिवन परियार रहेको वताएका छन् ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहेका जीवन परियार कास्की क्षेत्र नं १ को विकास र समृद्धीको योजना आफू सँग रहेकोले जनताले आशा र भारोशामा प्रतिवद्ध रहेको वताएका छन् । परियारलाई जिताउन काग्रेसका नेताहरु सुरज जंग राणा, वुद्धीमान गुरुङ्ग, शिवराज अधिकारी, शिव अधिकारी,  ध्रुवनाथ अधिकारी, शरदराज सुवेदी लगाएतका नेताहरु घर दैलो अभियानमा तिव्र रुपमा लागेका छन् । 

Write a Comment

Events
Random Picks