अधिकारी र कोइरालाले भने अर्को चुनावमा भोट माग्न आउदा दुईटा चुनाव चिन्ह लिएर आए भोट नदिनु ।
23-November-2017


जकसन डटकम
पोखरा, ०७ मंसिर

कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्यका बामगठबन्धनका साझा उम्मेदवार पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी र क्षेत्रनं १ , प्रदेश सभा  १ का बाम खठबन्धनका साझा उम्मेदवार दीपक कोइराला (रुपक)ले अर्को पटक भोट माग्न आउदा पार्टी एउटै हुने बताउनु भयो । अधिकारी र कोइरालाले पार्टी एक भएन र फेरि छुट्टा छुट्टै चुनाब चिन्ह लिएर भोट माग्न आए भोट नदिन आग्रह गरेका छन् । आज पोखरा लेखनाथ महानगरपालिका वडानं ३१को पचभैयामा आयोजित कोणसभामा बोल्दै उनिहरुले उक्त कुरा बताएका हुन् । अधिकारीले  भने हामी चुनाब जित्न लाई मात्रै बामगठबन्धन गरेका होइनौ ,जनता लाई विकास र समृद्धि दिनको लागि बामगठबन्धन भएको बताउदै अब कास्की लाई लाल किल्ला हुन बाट छेक्न कुनै पनि तागतले नसक्ने बताए । उनले भने हिजो दुई पार्टी हुदा कम्युनिष्टहरु एक भए हुन्थो भन्ने जनताले अहिले पार्टी  एक हुने खबरले हर्षित भएको बताए। प्रदेश सभाका  उम्मेदवार युवा नेता कोइरालले  युद्धकालमा गोली लागेर बाचेको जिन्दगी अब यहिको विकासको लागि सम्पर्ण गर्ने उद्घोष गरे ।

कोइरालाले अहिले मोटर बाटो , खानेपानी , पुलपुलेसा निर्माण गछौ भनेका छौ ,अर्को पटक आउदा पनि जनताले यहि माग राख्ने गरि काम गर्देनौ ।उनले भने हामी विकास गर्नको लागि उम्मेदवार भएका हौ । चुनाव जिते पछि पर्यटन, कृषि , खेलकुदमा कायापलट गर्ने क्षमता रहेको  बताउदै कोइरालाले एक पटक मौका दिन मतदाता संग अनुरोध गरेका छन् । कोइरालाले आजै पोखरा लेखनाथ महानगरपालिकाको वडानं २७मा घरदैलो गर्नुको साथै  भण्डारढिकमा आदिबासि जनजाति क्षेत्रन १, को प्रदेश १को भेलामा पनि सम्बोधन गर्नुभएको थियो ।कार्यक्रममा समानुपातिक उम्मेदवार गायत्री गुरुङ(कुशुम) मीना गुरुङ ,झक बहादुर थापा , सन्त बहादुर भुजेल ,एमालेका नेता मोहन गुरुङ ,प्रदेश १का प्रचार संयोजक टिकाराम पंगेनी , माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य विष्णु पौडेल लगायतले बोल्नुभएको कार्यक्रम कर्ण बहादुर थापाको अध्यक्षता र प्रकाश भुजेलको सञ्चालनमा भएको थियो । 

Write a Comment