रक्सीले मातेपछि उपसचिवले भने-यो बिल मन्त्रालयमा ल्याउनु
14-July-2015

काठमाडौं २९ असार। मदिरा पिएर मात्तिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव बाबुकाजी बानियाँले बिलको भुत्तानी लिन मन्त्रालयमा बोलाएका छन् । सोमबार बेलुकी नयाँ बानेश्वरस्थित रोस्यो रेस्टुरेन्टमा मदिरा पिएर मात्तिएपछि उनले भुक्तानी लिन मन्त्रालय बोलाएका हुन् ।

मन्त्रालयका केही सहकर्मीसहित उपसचिव बानियाँ सोमबार बेलुका खाजा खान रोस्यो गएको नयाँ पत्रिकामा खबर छ । झन्डै ११ हजारको बिल उठेपछि उनले रेस्टुरेन्टका कर्मचारीसँग झगडा गरेका थिए ।

मदिराले मात्तिएका उनले सुरुमा बिल नतिर्ने बरु उल्टै प्रहरी बोलाउने धम्की दिएका थिए । पछि बिलको भुक्तानी चाहिए कार्यालय समयमा मन्त्रालय आउन ‘आदेश’ दिएका थिए । ‘यो टाई देखेर पनि मान्छे चिन्दैनौं, भोलि बिल लिएर स्वास्थ्य मन्त्रालय आउनू, मेरो परिचय त्यही पाउँछौं ।’

उनले आफूसँग स्वास्थ्य सेवा विभागका महानिर्देशकसहितका उच्चपदस्थ कर्मचारी आए पनि रेस्टुरेन्ट कर्मचारीले नचिनेको भन्दै आक्रोश पोखेका थिए । तर, महानिर्देशक डा सनेन्द्रराज उप्रेतीलाई सम्पर्क गर्दा आफू सोमबार कतै नगएको र यो विषयमा थाहै नभएको बताए ।

Write a Comment