मकवानपुरमा कमल थापाको घर नजिकै बम विस्फोट
29-November-2017


जकसन डटकम
मकवानपुर, १३ मंसिर 

हेटौंडाको गौरीटारमा रहेको उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाको घर नजिकै बम विस्फोट छ । बुधबार बिहान पौने ११ बजे भएको विस्फोटबाट क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम राख्नेको खोजी भैरहेको छ । थापा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।