बाँकी ४५ जिल्लाको निर्वाचन तयारी पूरा
3-December-2017


उमा आलेमगर
पोखरा, १७ मंसिर

मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुन बाँकी ४५ जिल्लाको निर्वाचन तयारी पूरा भएको आईतबार क्षेत्रिय निर्वाचन कार्यालय कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । 

पौडेलले निर्वाचनको लागि सबै जिल्लाको सुरक्षाको व्यवस्था कडा पारिएको जानकारी दिए । सबै जिल्लामा जाँदा पहिलेको तुलनामा अहिले आचारसंहिताको घट्ना कम घटेको पौडेलले बताए । पौडेलले आचारसंहिता उल्लंघन गर्न पाईदैन र आचारसंहिता उल्लंघन गरेको पाईएमा अनुगमनको लागि दुई जना कर्मचारी केन्द्रबाटै खटाईएको जानकारी गराए । मंसिर २१ गते निर्वाचनको लागि कास्कीमा १ सय ५० मतदानस्थल, ३ सय १७ मतदान केन्द्र र ३ हजार ८ सय कर्मचारी परिचालन गरिएको उनले बताए । 

पौडेलले भयरहित वातावरणमा मतदाताहरुलाई मतदान गराउनका लागि भूमिका खेल्न सबैलाई आग्रह समेत गरेका छन् । साथै उनले स्थानिय तहको निर्वाचन सफलता पूर्व सम्पन्न गराउन भूमिका खेलेकोमा सम्पूर्ण पत्रकारलाई धन्यवाद ज्ञापन गर्दै यस निर्वाचनलाई पनि सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग गर्न आग्रह गरेका थिए । उक्त अवसरमा दलका प्रतिनिधि तथा उम्मेदवार र पत्रकारहरुले जिज्ञासा राखेका थिए ।

Write a Comment