‘बम विस्फोटका अधिकांश घटनामा विप्लव समूहका कार्यकर्ता संलग्न’
5-December-2017


जकसन डटकम
काठमाडौं, १९ मंसिर

दोस्रो चरणको निर्वाचन मिति नजिकिंदै गर्दा राजधानीलगायत देशका विभिन्न भागमा बम आतंक मच्चाइएपछि सुरक्षा सतर्कता बढाइएको दावी सुरक्षा निकायले गरेको छ । आम मतदातामा त्रास फैलन नदिन सुरक्षा प्रबन्ध चुुस्त र दुरुस्त पारिएको दावी प्रहरीको छ । निर्धक्कका साथ मतदान गर्न सुरक्षा प्रबन्ध मिलाइएको दावी काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको छ ।

उनले काठमाडौंसहित विभिन्न जिल्लामा विस्फोट गराउने ब्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिंदै अनुसन्धान भइरहेको बताए । बम बिस्फोटका अधिकांश घटनामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता संलग्न रहेको उनको भनाइ छ ।

Events
Random Picks