कास्कीमा मतगणनाको तयारी, सर्वदलिय बैठक बस्दै
7-December-2017


उमा आलेमगर
पोखरा, २२ मंसिर

कास्कीमा दोस्रो चरणको प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना सुरु गरदैँ । अहिले सर्वदलीय बैठक बस्ने तयारी भैरहेको छ । सर्वदलिय बैठक पछि मत गणना शुरु गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । बिहिबार भएको निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको थियो । 

सदरमुकाममा जम्मा भएका मतपेटिकालाई विभिन्न तीन स्थानमा राखेर मतगणना गरिने भएको छ । कास्की निर्वाचन क्षेत्र नं. १ को मतगणना पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा हुनेछ भने क्षेत्र नं. २ को डिभिजन सहकारीको कार्यालयमा तथा क्षेत्र नं. ३ को जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना हुने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । कास्की जिल्लामा कुल मतदाता संख्या २ लाख ५५ हजार ४ सय ५२ रहेको थियो । 

गएको स्थानीय निकायको चुनावभन्दा यस चुनावमा करीब ३० हजार बढी मतदाता थपिएका थिए । यस चुनावमार्फत् कास्की जिल्लाबाट तीन जना उम्मेदवार प्रतिनिधिसभामा चुनिनेछन् भने ६ जना उम्मेदवार ४ नं. प्रदेशमा गठन हुने प्रदेशसभाको सदस्यका रुपमा निर्वा्चित हुनेछन् । जिल्लामा ३ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्रबाट मतदान गरिएको हो ।

 

Write a Comment

Events
Random Picks