सिरहा ४ मा अजयशंकर नायकलाई हराउँदै राजकिशोर यादव विजयी
10-December-2017


जकसन डटकम
लहान, २५ मंसिर

सिरहाको प्रतिनिधिसभा क्षेत्र न ४ मा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव विजयी भएका छन् । गएराति मध्यरातमा सम्पन्न अन्तिम परिणामअनुसार यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अजयशंकर नायकलाई तीन हजार ६६९ मतको अन्तरले पराजित गर्दै निर्वा्चित भएका हुन् ।

यादवले २१ हजार १४४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका नायकले १७ हजार ५७५ मत प्राप्त गरे । यस्तै प्रदेशसभा क्षेत्र न ४ (ख) मा राजपाका सुरेशकुमार मण्डल १० हजार ४८० मतसहित विजयी भएका छन् ।

गएराती नै सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार मण्डललाई दुई हजार ९८१ मत अन्तरले पराजित गर्दै राजपाका सुरेशकुमार मण्डल निर्वा्चित भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार मण्डलले सात हजार ४९९ मतमात्र ल्याएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।