डोटीमा मन्त्री बलायरलाई हराउँदै एमालेका आलेमगर विजयी
10-December-2017


जकसन डटकम
डोटी, २५ मंसिर

प्रतिनिधि सभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी भएका छन् । आले प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरलाइ १६३२ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

उनले ३२ हजार ५१० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार बलायरले ३० हजार ८७८ मत प्राप्त गरे । दुई प्रदेशसभा रहेको डोटीमा प्रदेशसभा (क) बाट नेपाली काँग्रेसका भरत बहादुर खड्का विजयी भएका छन् भने (ख) बाट माओवादी केन्द्रका त्रिलोचन भट्ट विजयी भएका छन् ।

Write a Comment

Events
Random Picks