समानुपातिकतर्फ एमालेले २५ लाख मत कटायो, कांग्रेस पछ्याउँदै
13-December-2017

जकसन डटकम
काठमाडौं, २८ मंसिर

प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २५ लाख ६८ हजार ४०५ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ८३ हजार ३८६ मत प्राप्त गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख १७ हजार १०६, संघीय समाजवादी फोरमले ३ लाख ४५ हजार मत कटाएको छ । राजपाले २ लाख ९१ हजार, राप्रपाले १ लाख ६८ हजार, विवेकशील साझा पार्टीले १ लाख ६८ हजार, नयाँ शक्ति पार्टीले ६७ हजार मत ल्याएको छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६२ हजार, राष्ट्रिय जनमोर्चा ४० हजार मत पाएका छन् । अरु दलले २ लाख ६३ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Write a Comment

Events
Random Picks