भारतले बिजुली दिए उज्यालो, नत्र अँध्यारो
22-July-2015

काठमाडौं, साउन ६ – नेपाल दैनिक उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थसँगै विद्युत्मा पनि भारतमै निर्भर हुन थालेको छ । बढ्दो मागअनुसार स्वदेशमा उर्जा उत्पादन हुन नसक्दा लोडसेडिङ कम गर्न भारतबाट बिजुली आयात बढ्दै गएको छ । भारतले बिजुली दिए उज्यालो हुने , नत्र अँध्यारोमै बस्नुपर्ने अवस्थामा मुलुक पुगेको छ । यही विद्युत् माग वार्षिक १ सय मेगावाट बढ्ने गर्छ । उत्पादन कम भएर मागअनुसार आपूर्ति नहुँदा लोडसेडिङ बढेपछि विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात बढाउन थालेको आजको कारोबार दैनिकमा खबर छ । प्राधिकरणले चालू आवमा लोडसेडिङ न्यून गर्न भारतबाट ३३७ मेगावाट विद्युत ल्याउँदैछ । गत वर्ष २३७ मेगावाट आयात गरेको थियो ।

Write a Comment

Events
Random Picks