राप्रपा नेपालका सभासदले भने-हामीलाई लाठी हान्दा सरकार हाँसेर बस्यो
23-July-2015

७ साउन, काठमाडौं ।

संविधानको पहिलो मस्यौदाको जनमत संकलनका क्रममा विरोध गर्दा आफ्ना सभासद तथा नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै राप्रपा नेपालले विरोध गरेको छ ।व्यवस्थापिका संसदको बिहीबारको बैठक सुरु हुनासाथ राप्रपा राप्रपा नेपालका सभासदहरुले उठेर विरोध गरे । लगतै सभामुख सुवास नेम्बाङले राप्रपा नेपालका सभासद दिलनाथ गिरीलाई समय दिए ।

गिरीले राप्रपा नेपालले प्रहरी प्रशासन र गुण्डा प्रयोग गरेर आफ्ना सभासदमाथि आक्रमण भएको आरोप लगाए । ‘हामीलाई लाठी हान्दा हाँसेको बसेको छ’ गिरीले भने-‘फरक मत राख्नेले बाँच्न पाउने अधिकार छ कि छैन ?’उनले मनकवानपुर लगायतका क्षेत्रमा आफ्ना नेता कार्यकर्तामाथि भएको आक्रमणको छानविन गर्न समेत माग गरेका छन् । उनले गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए सदन चल्न नदिने चेतावनी दिए ।

लगतै सभामुख नेम्वाङले संसदको अर्को बैठकमा जवाफ दिन गहृमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 

source:onlinekhabar

http://www.onlinekhabar.com/2015/07/302894/

Write a Comment

Events
Random Picks