काठमाण्डौंमा बन्द गराउदै हिड्ने ५१ जना माओवादी नेता कार्यकर्तालाइ प्रहरीले पक्रियो
24-July-2015

साउन ८ काठमाण्डौं । भारत र चीनले नेपाली भूमि लिपुलेकका विषयमा गरेको सहमति , १६ बुदे सहमति लगायतकाको विरोध गर्दै विप्लव माओवादीले आज आव्हान गरेको बन्दका क्रममा काठमाण्डौंबाट मात्रै ५१ जना बन्दकर्ताहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी एसएसपी नारायण सिंह खड्काले काठमाण्डौं वानेश्वर, कोटेस्वर, चावहिल, बालाजु लगायतका ठॉउबाट बन्दकर्ताहरु पक्राउ परेको जानकारी दिनुभयो ।

यस्तै ललितपुर पाटनबाट एक जना माओवादी कार्यकर्ता पक्राउ परेको उहाले बताउनुभयो । होहल्ला गर्ने, नारावाजी र तोडफोड गर्नेलाई मात्र पक्राउ गरिएको एसएसपी सिंहले दावी गर्नु भयो ।

काठमाण्डौंबाट माओवादी केन्द्रीय नेता परियार, बन्धु चन्द सहितकालाई पक्राउ गरिएको हो ।

Write a Comment