पार्टी एकता र सरकार गठनबारे ओली–प्रचण्डबीच छलफलको तयारी
26-December-2017


जकसन डटकम
काठमाडौं, १२ पुस

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुने भएको छ। ओली र मंगलबार मात्र राजधानी पुुगेका प्रचण्डबीच बुधबार वार्ता हुन लागेको दुवै जनाको निजी सचिवालयले जनाएको छ। तर, समय भने तय भैसकेको छैन।

छलफल दुबै दलबीचको गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियामा केन्द्रित रहने जनाइएको छ। यसअघि पाँच दिनको चितवन बसाईपछि प्रचण्ड मंगलबार काठमाडौं फर्किएका थिए। प्रचण्डले ओलीसँग मंगलबार नै ओलीलाई भेट्ने भनिएपनि छलफल हुन सकेको थिएन।

बुधबाको भेटमा दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने सम्भावना छ। चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन्।

मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षतर्फ वामपन्थी गठबन्धनले झण्डै दुईतिहाइ बहुमत ल्याएको छ भने सात प्रदेशमध्ये ६ प्रदेशमा सरकार बनाउने अवस्थामा छ।

Write a Comment