चुनावपछि पहिलोपटक कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
28-December-2017


जकसन डटकम
काठमाण्डौँ, १४ पुस

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणाम बाहिरिएपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको मुख्य एजेण्डा प्रदेशसभातर्फको समानुपातिक सांसद् छनोट रहेको नेताहरूले बताएका छन् । प्रदेशसभाको समानुपातिकमा कांग्रेसले ७२ सिट पाउने भए पनि उसले यसको टुंगो लगाएको छैन । 

निर्वाचन आयोगले यी सिटहरुका लागि नाम सिफारिस गरेर पठाउन आजसम्मको समयसीमा दिएपछि कांग्रेस दबाबमा परेको छ । बैठकमा प्रदेशको समानुपातिक सांसद चयनसँगै राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेसमेत छलफल हुने कांगेस नेताहरूले बताएका छन् ।

Write a Comment

Events
Random Picks