एमाले कार्यवाहक अध्यक्षमा गौतम
10-January-2018


जकसन डटकम
काठमाडौं, २७ पुस 

नेकपा एमालेका कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणकाक्रममा बुधबार बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सन्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए । अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । 

Write a Comment

Events
Random Picks