एमाले–माओवादी केन्द्र एकता स् कार्यदलले काम थाल्यो
10-January-2018


जकसन डटकम
काठमाडौं, २७ पुस

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले काम सुरु गरेको छ । दुई पार्टीका अध्यक्षले काम सुरु गर्न निर्देशन दिएपछि बिहीबार आन्तरिक तयारी गरी शुक्रबार बैठक बस्ने तय भएको एमाले नेता सुवास नेम्वाङले बताउनुभयो ।

नेकपा एमालेका अध्यक्षको निवास बालकोटमा बुधबार बसेको बैठकमा केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई काम गर्न निर्देशन दिनुभएको थियो । कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको चुनावमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने छ ।

Write a Comment

Events
Random Picks