पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्व राजा ज्ञानेन्द्र भने, आशाको दियो जाग्यो
10-January-2018


जकसन डटकम
काठमाडौं, २७ पुस

पृथ्वीनारायण शाहको २९६ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले मानवसमाजको समष्टिगत एकता, मौलिक सँस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप देश रहेको र देश बाँचे मात्रै नागरिक बाँच्ने उल्लेख गर्नु भएको छ । 

नयाँ नेपालको सपना देखाउँदै भएको राजनीतिक परिवर्तनले देशको विशिष्ट पहिचानलाई उचो बनाउनुको साटो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको शुभकामना सन्देशमा उल्लेख छ । स्वतन्त्र र सार्वभौम देशका लागि भौगोलिक एवम् सामाजिक एकताको कडीमा नागरिक रहनु पर्ने र साशनसत्ता पनि त्यहि अनुरुपको हुनु पर्नेमा उहाँले जोड दिनुभएको छ ।

अहिले देशको अस्तित्व नै खतरामा रहेकाले सम्हालिएर अघि बढ्नु पर्ने उहाँको भनाई छ । तर सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा खुशी व्यक्ति गर्दै देश राम्रो बन्ने आशाको दियो जागेको उल्लेख गर्नुभएको छ । 

Write a Comment

Events
Random Picks