भारतीय राजदूत भन्छन्–अध्यागमन कार्यालय खोल्न पहल गर्छु
13-January-2018


जकसन डटकम
पोखरा, ३० पुस

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्न पहल गर्ने बताएका छन्। भारतसँगको सीमा नाको स्थलगत निरीक्षण गर्दै राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताएका हुन्।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईलगायतका जनप्रतिनिधिसँग कुराकानी गर्दै पुरीले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत पहल गर्ने बताए। दुई देशको सीमा क्षेत्रको भौतिक संरचनाको विषयमा हेरिरहेको उल्लेख गर्दै दुवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने बताए। राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरे।

Events
Random Picks