राष्ट्रियसभा चुनाव ः आयोगले आज निर्वाचन अधिकृतसँग छलफल गर्दै
17-January-2018


जकसन डटकम
काठमाडौं, ०४ माघ

निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि तोकिएका निर्वाचन अधिकृतसहितका न्यायाधीशसँग बिहीबार छलफल गर्दैछ । राष्ट्रियसभा चुनाव संचालन र व्यवस्थापनका विषयमा निर्वाचन अधिकृतलाई जानकारी गराउन निर्वाचन आयोगमा बिहान १० बजे छलफल  हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन प्रणाली, मतदान गर्ने तरिका र मतगणना कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने उहाँले बताउनुभयो । 

सरकारले  प्रदेश प्रमुख तोकेपछि राष्ट्रियसभाको चुनावी प्रक्रिया तीब्र गतिमा अघि बढेको आयोगले जनाएको छ । आयोगले गएको पुस २६ गते सातवटै प्रदेशमा उच्च अदालत रहेका जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको थियो ।

Write a Comment