कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै
17-January-2018


जकसन डटकम
काठमाडौं, ०४ माघ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्ने बैठकमा बैठकमा राष्ट्रियसभा चुनावमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य तथा चुनावी समीक्षाका बारेमाका छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यहोर्नुपरेको हारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन नेताहरुले सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र युवा नेताले  संगठन सुदृढीकरण, विभिन विभागको पूर्णता, भातृ संगठनको पूर्णता र प्रभावकारी परिचालन लगायत विषयमा नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशन बोलाउन माग गरेका छन् । सभापति देउवा भने विशेष महाधिवेशन नबोलाई महासमिति सदस्यको भेला बोलाउने पक्षमा रहेको उहाँ निकट नेताहरुले जानकारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो ।

Write a Comment

Events
Random Picks