प्रदेश नम्बर ४ का प्रदेशसभा सदस्यहरुले लिए सपथ, दुई सांसद अनुपस्थित
21-January-2018


जकसन डटकम
पोखरा, ०७ माघ

प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य श्रेष्ठलाई शपथ गराएपछि उनले प्रदेश सांसदहरुलाई शपथ गराएका हुन् ।

श्रेष्ठले प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुखबाट सपथ लिएका हुन् । आफूले सपथ लिएलगत्तै उनले प्रदेश नम्बर ४ का ५८ जना प्रदेशसभा सदस्यहरुलाई पोखराको नदीपुरस्थित प्रदेश सभाहलमा सपथ गराएका हुन् ।

सपथमा दुई जना सांसद भने सहभागी भएनन् । मनाङबाट निर्वा्चित सांसद दिपक मनाङ्गे र तनहुँबाट निर्वा्चित सांसद रामबहादुर गुरुङ सपथमा सहभागी नभएका हुन् । मनाङले फरार छन् भने रामबहादुर गुरुङ देशबाहिर रहेका कारण सपथमा सहभागी नभएको बताइएको छ ।

Write a Comment