भारतीय विदेशमन्त्री स्वराज किन आउँदैछिन्, नेपाल?
30-January-2018


जकसन डटकम
काठमाडौं, १७ माघ

भारतीय विदेशमन्त्री सुषमा स्वराज नेतृत्वको उच्चस्तरीय कूटनीतिक टोली बिहीबार नेपाल आउँदैछ। नेपालमा नयाँ सरकार गठनको पूर्वसन्ध्यामा स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘दूत’ का रुपमा नेपाल आउन लागेकी हुन्। दुई दिने भ्रमणको क्रममा उनले मोदीको सन्देश एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुनाउने जनाइएको छ।

यद्यपी, भारतीय विदेश मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीच उच्च राजनीतिक भेटघाटको निरन्तरता भएको बताएको छ। मोदीले पुस ६ र माघ ७ गते टेलिफान गरी ओलीलाई बधाई दिनुका साथै ‘सहकार्य गर्न आतुर रहेको’ बताएका थिए। ओलीले पनि माघ १२ गते भारतको ७० औं गणतन्त्र दिवसका असवरमा मोदीलाई लिखित सन्देश पठाउँदै नेपाल–भारतबीचको सम्बन्ध अझै बलियो बनाउन आतुर रहेको बताएका थिए।

ओलीले भारतीय दुतावासमार्फत मोदीलाई शुभकामना सन्देश पठाएका हुन्। ओलीले चुनाबबाट चुनिएको जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको अध्यक्षको हैसियतमा मोदी नेतृत्वको सरकाससँग सहकार्य गर्दैै दुवै देश र नागरिकको भविष्य उज्वल बनाउन आतुर रहेको उल्लेख छ।

Write a Comment

Events
Random Picks