प्रदेश ३ को संसद अधिवेशन आज, कार्यसूची तयार
31-January-2018


जकसन डटकम
हेटौंडा, १८ माघ 

प्रदेश ३ को प्रदेशसभाको अधिवेशन बिहीबार हुँदैछ। अधिवेशनका लागि सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार पारेको छ। सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गरेको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गर्ने तय भएको छ। अधिवेशनमा सात वटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूची तयार गरिएको छ। 

सोही सर्वदलीय बैठकले प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यहरुको तर्फबाट सदस्य मनोनित गर्ने निर्णय गरेको छ। यसैगरी उक्त बैठकले प्रदेशसभाको अधिवेशनमा अन्तरिम कार्य्विधिको सूची प्रस्तुत गर्ने निर्णय गरेको छ। सोही बैठकले प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते निर्वाचनको मिति तोक्न भोलि बस्ने प्रदेशसभाको अधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने ३ प्रदेशसभा सदस्य डोरमणि पौडेलले जनाए।

Write a Comment

Events
Random Picks