प्रदेश ५ः उपसभामुखको मनोनयन आज
16-February-2018

५ फागुन,

प्रदेश ५ मा उपसभामुखको उम्मेदबारी दर्ता आज हुँदैछ ।

भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

उम्मेदवारी प्रदेशसभा भवनमा मनोनयन हुदैछ ।

संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो ।

उपसभामुखमा एमालेका तर्फबाट महिला सांसदले उम्मेद्वारी दर्ता गर्नेछन् ।

संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ ।

उपभामुखमा एमालेकी सांसद् कृष्णी थारुको नाम चर्चामा छ । उनी पूर्वकम्लरी हुन् ।

दाङकी धमकली थारु चौधरीको नाम चर्चामा रहेको छ । यसबाहेक रुपन्देहीबाट पनि उपसभामुखमा उम्मेदवारी हुनसक्ने एमालेका एक नेताले बताए ।

उपसभामुखको नाम टुंगो लगाउन अहिले एमाले बैठक बसिरहेको छ ।

 

Write a Comment

Events
Random Picks