निजगढ अन्तरार्ष्ट्रिय विमानस्थल २५ देशकाे हवाई 'ट्रान्जिट' हुनेछ : मन्त्री अधिकारी
24-March-2018

जक्सन डट कम 
चित्र १०, पोखरा ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीले बारास्थित निजगढ विमानस्थल निर्माणको काम छिटै सुरु हुने बताएका छन्।

सिमरास्थित औद्योगिक व्यापार मेला, कृषि तथा खेलकूद महोत्सवलाई सम्बोधन गर्दै उनले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल २५ देशको हवाई ट्रान्जिट हुने बताए।

पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने उनको भनाइ थियो। मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पूर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताए।

राजधानी काठमाडाैंको विमानस्थलले यात्रु चाप थेग्न कठिनाइ भइरहेकाे कारण दोश्रो अन्तराष्ट्रिय स्थलकाे विमानस्थल अपरिहार्य रहेकाे उनले बताए। 'निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेको छ। अब काम चाँडो अघि बढ्नेछ', उनले भने, 'मुअाब्जा र ऐलानी बस्तीका नागरिकप्रति राज्यले न्यायोचित निर्णय हुन्छ। यो विमानस्थल २२ देखि २५ मुलुकको हवाई ट्रान्जिट बन्न सक्छ।'

दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा राज्य कै चाँसो बढेकोले अब काम चाँडो थालिने बताउँदै मन्त्री अधिकारीले मुआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माण भए २२ देखि २५ मुलुकको हवाई ट्रान्जित बन्न सक्ने बताए ।

शनिबारदेखि १० दिनसम्म चल्ले महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदैछन्। मेलामा झण्डै चार सय स्टल रहेका छन्।

नेपालखबर बाट

Write a Comment

Events
Random Picks