पूर्व खेलाडी फुटबलर मणि शाहको निधन
15-May-2018

जक्सन डटकम
जेष्ठ १, पोखरा
चर्चित राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको निधन भएको छ।
पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका शाहको सोमबार साँझ निधन भएको हो। ५१ वर्षीय शाहको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शाहको निधनमा दुस्ख प्रकट गर्दै उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए। शाहका श्रीमती र छोरी छन्।
शाह नेपाली फुटबलको उत्कृष्ट मिडफिल्डर हुन् । सन् १९८५ देखि १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका छन्। शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा समावेश भएका थिए । त्यसपछि उनले करिब १० वर्ष नेपाली फुटबलमा राज गरे।
सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए।मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि समेत जिताएका उनले १९९७ मा फुटबलबाट संन्यास लिए।सन् १९९८ को बैंकक एसियाडमा नेपालको झण्डा बोक्ने मौका पाएका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन्।

 

Write a Comment