विश्वकप: बिरालोले उद्घाटन खेल रूसले जित्ने भविष्यवाणी ग¥यो !!
14-June-2018


जक्सन डटकम 
पोखरा, जेष्ठ ३१
आजबाट सुरू हुन लागेको विश्वकप फुटबलको उद्घाटन खेलमा रूसले जित्ने भविष्यवाणी भएको छ । ‘एकिलिज’ नामको कान नसुन्ने सेतो  बिरालोले विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणी गरेको हो। आज राति पौने ८:४५ बजे रुस र साउदी अरेबियाले यस विश्वकपको पहिलो खेल खेल्दैछन् । बुधबार बिरालो मार्फत गराइएको भवष्यवाणीमा रूसले जित्ने बताइएको हो । दुर्इ देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।
कान नसुन्ने उक्त बिरालोलार्इ विश्वकपको भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ। यसअघिका केही भविष्यवाणी मेल खाएपछि उक्त बिरालोलार्इ विश्वकपमा आधिकारिक भविष्यवाणीका लागि ल्याइएको हो।

 

Write a Comment

Events
Random Picks