पोखराको माउण्टकैलाश रिसोर्टमा वल्र्डकपको रौनक
14-June-2018


जक्सन डटकम 
पोखरा, जेष्ठ ३१
पर्यटकीय शहर पोखराको लेकसाइडमा रहेको माउण्ट कैलाश रिसोर्टमा फिफा वल्र्डकप २०१८ का सम्पूर्ण खेलहरु हेर्न पाइने भएको छ । रिसोर्टले फुटवल प्रेमीहरुलाई लक्षित गरी जेठ ३१ जुन १४ देखि जुलाई १५ असार ३१ सम्म हुने वल्र्डकपका सम्पूर्ण खेलहरु प्रोजेक्टरमार्फत ठूलो पर्दामा दुई स्थानमा देखाउने  भएको छ । 
वल्र्डकपलाई लक्षित गरी रिसोर्टले वल्र्डकप अवधिभर हरेक सांझ ५ बजेदेखी राती खेल नसकिएसम्म सम्म हरेक मेनुमा विशेष छुट प्रदान गर्ने र सांझ ५ देखि राती खेल अवधिको समयलाई ह्याप्पी आवरका रुपमा सञ्चालन गर्ने रिसोर्टका अप्रेसन म्यानेजर टेक गुरुङले जानकारी दिए । 
गुरुङका अनुसार रिसोर्टमा रहेको दुइ फरक ठाउमा प्रोजेक्टर मार्फत वल्र्डकपका खेलहरु देखाइनेछ । रिसोर्टमा देखाइने वल्र्डकपका खेलहरु एकैैै पटकमा दुई सय जनाले अवलोकन गर्न सकिने गरी ब्यवस्था मिलाइएको छ । फिफा वल्र्डकपको पहिलो खेल आज सांझ ९ बजे ४५ मिनेटमा रसियाको मस्कोमा रसिया र साउदी अरेविया बिच हुने छ । 

 

Write a Comment

Events
Random Picks