नाइजेरीयाको आत्मघाती गोलले क्रोयसियालाई २-०को सहज जित
16-June-2018

रुसमा जारी २१ औं संस्करणको विश्वकप अन्तर्गत गएराति भएको खेलमा डेनमार्क र क्रोयसिया विजयी भएका छन् ।

गएराति भएको समूह सीको खेलमा पेरुले पेनाल्टीमा गोल गर्न चुक्दा डेनमार्क १-०ले विजयी भएको हो । भिएआर टेक्नोलोजीको मद्दतबाट ४५ औँ मिनेटमा पेनाल्टी पाएपनि क्रिश्चियन कुएभाले बल गोलपोस्टभन्दा धेरै माथिबाट प्रहार गरेपछि गोल हुन पाएन । ५९ औँ मिनेटमा युसुफ पउलसेनले गरेको एकमात्र गोल नै डेनमार्कलाई विजयी गराउन पर्याप्त रह्यो । फलस्वरुप समूह सीबाट पहिलो खेल जितेर तीन अङ्कका साथ फ्रान्ससँगै डेनमार्क शीर्ष स्थानमा रहन सफल भएको छ ।

उता, समुह डी अन्तर्गत गएराति भएको खेलमा क्रोयसियाले नाइजेरीयालाई हराउँदा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ३२ औं मिनेटमा नाइजेरीयाका खेलाडी इटेबोले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेपछि क्रोयसियाले अग्रता बनायो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको क्रोयसियाले ७१ औं मिनेटमा पेनाल्टीको मद्दतमा दोस्रो गोल गर्दै क्रोयसिया २-०ले विजयी भएको थियो ।

Write a Comment

Events
Random Picks