ट्यूनिशिया इंग्ल्यान्डसँग २-१ गोलले पराजित
19-June-2018


जक्सन डटकम
पोखरा, असार ५
जारी विश्वकपमा सोमबार भएको इंग्ल्यान्ड तथा ट्युनिशयाबिचको खेलमा इंग्ल्यान्डले ट्यूनिशियालाई हराएको छ।
ट्यूनिशिया इंग्ल्यान्डसँग २-१ गोलले पराजित भएको हो। जीतका लागि इंग्ल्यान्डले अतिरिक्त समयसम्म कुर्नुपर्यो। खेल बराबरीतर्फ समापन हुने अनुमान हुँदै गर्दा इंग्ल्यान्डका कप्तान ह्यारी केन अतिरिक्त समयको पहिलो मिनेटमा ट्यूनिशियाको पोस्टमा आफ्नो र टोलीका लागि दोश्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण ३ अंक दिलाए।
खेलको पहिलो हाफमा इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै अग्रता कायम गरेका थिए। उनले खेलको ११ औं मिनेटमा ट्यूनिशियाका गोल रक्षकले पन्च गरेर फर्काएको बललाई जाली चुमाएका थिए।
तर ३४ औं मिनेटमा ट्यूनिशियाले पेनाल्टीबाट बराबरी गर्यो। ससीले पेनाल्टीबाट होल गरेका हुन्।
बराबरीमा पहिलो हाफ सकेका इंग्ल्यान्ड तथा ट्यूनिशियाले दोस्रो हाफमा एकअर्का  विरूद्ध गोल गर्ने प्रयास गरे तर सकेनन्।  
यसरी आफ्ना कप्तानको दोश्रो गोलले इंग्ल्यान्डले पुनस् अग्रता लिदैं ट्यीनिशियालाई २-१ गोलले हरायो।

 

Write a Comment

Events
Random Picks