पराजयपछि अर्जेन्टिनाका समर्थकले थुके, मेस्सीलाई सन्यास लिन सुझाव
22-June-2018


जक्सन डटकम 
पोखरा, असार ८
क्रोएसियासँग ३–० को लज्जास्पद हारपछि अर्जेन्टिनाका समर्थकहरु टोलीसँग क्रुद्ध बनेका छन् ।
क्रोयसियाका एन्टे रेबिकले दोस्रो हाफको ५३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै लुका मोड्रिचले खेलको ८० औं मिनेटमा दोस्रो गोल गरेका थिए भने ९१ औं मिनेटमा इभान रयाकिटिचले तेस्रो गोल गरेका थिए । 
यतिबेला खेलपछि अर्जेन्टिनाका समर्थकहरुले थुक्दै गरेको तस्विर समेत सार्वजनिक भएको छ । उनीहरुले टनेलमा प्रवेश गर्दै गरेका खेलाडीहरुमाथि थुकेको बताइए पनि त्यो अझै पुष्टि भने हुन सकेको छैन ।
उता, क्रोएसियाबिरुद्ध कमजोर प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सीलाई फ्यानहरुले अब फेरि सन्यास लिन सुझाव दिइरहेका छन् ।

 

Write a Comment

Events
Random Picks